नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री देउवा सकारात्मक


काठमाण्डु – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईबीच गठबन्धनमा सामेल हुनेबारे छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवसँग भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताएका छन् ।

‘मैले पनि सोचिरहेको थिएँ गठबन्धनमा तपाईँहरुलाई पनि सहभागी गराएर जानुपर्छ भनेर ।’, प्रधानमन्त्री देउवाले भने, ‘म सकारात्मक छु । एकपटक म अन्य गठबन्धनका दलहरुसँग पनि सल्लाह गरेर खबर गर्छु ।’

जवाफमा भट्टराईले भने, ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हकदाबी लाग्छ ।’सत्तारुढ पाँच दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement