प्रधानमन्त्री देउवा र बिमस्टेकका महासचिवबीच भेटवार्ता


काठमाण्डु – बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फिल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे छलफल भएको जनाइएको छ ।

नेपाल भ्रमणमा रहेका महासचिव लेक्फिलले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् । उनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र सार्क महासचिवसँग पनि काठमाण्डुमा भेटवार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटमा महासचिव लेक्किफलले बिमस्टेक सदस्यको रुपमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । जवाफमा मन्त्री खड्काले सन् २०२२ मा हुने सम्मेलनले क्षेत्रीय चासो र आवश्यकता पुरा गर्नसक्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement