एमसीसी पारित भएको दुई दिनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित भएको दुई दिनपछी अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेका हुन् ।

ब्लिनकनले टिवट गर्दै युक्रेनमा रुसले गरेको सैन्य आक्रमणको बारेमा छलफल भएको जनाएका छन् ।

उनले भनेका छन् । ‘आज नेपालका प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल ग¥यौं । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम जारी राख्नेछौं ।’

नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दैै यसअघि नै विज्ञप्ति जारी गरिसकेको छ । नेपालले युक्रेनको सार्वभौतिकता र भौगोलिक अखण्डमाथि गरिने आक्रमणको विरोध गर्ने जनाएको छ ।तर, भारत र चीन भने रुसले गरेको आक्रमणको विषयमा राष्ट्र संघका अन्य फोरमहरुमा समेत तटस्थ भूमिका खेल्दै आएका छन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई सोमबार भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्दको आपतकालिन बैठक गर्ने पक्षमा समेत नेपालले मतदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement