काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना सहित चार जना मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँण गृहमन्त्री, अर्थमन्त्रीमा जर्नादन शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल रहेका छन् । चारै जना मन्त्रीले पद तथा गोपनियता सपथ लिएका छन् ।
मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवासहित चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया