प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, भारतले थप कोरोना खोप उपलब्ध गराउने


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच सोमबार भएको फोनवार्तामा सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना भाइरसविरुद्धको थप खोप उपलब्ध गराउने बताएकाे परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले भारत कोरोना महामारी विरुद्धको लडाईं नेपालसँग मिलेर लड्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका देउवालाई मोदीले पहिलो बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement