सभापति देउवा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता


काठमाण्डु- अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर नेपाल भ्रमणमा रहेकी न्युल्यान्डल सभापति देउवासँग भेटवार्ता गरेकी हुन्।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको जनाइएको छ । त्यस्तै भेटमा देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement