ओलीलाई देउवाको प्रश्न : दार्चुला जाँदा लिम्पियाधुरा फिर्ता आउँछ?


धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

कांगेस सभापति समेत रहेका देउवाले एमाले अध्यक्ष केपी ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’

आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेको भन्दै देउवाले अब देशको समृद्धि र सुदूरपश्चिमको विकासको पक्षमा लाग्ने बताए । डडेल्धुरामा पर्यटकीय सडक निर्माण गर्ने उद्घोष गर्दै देउवाले एयरपोर्ट निर्माण, मेडिकल कलेज सञ्चालनलगायतका महत्वपूर्ण काम आफ्नै पालामा सम्पन्न गर्ने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement