देउवाले राखे ओली सरकारले गरेका कामलाई नै आफ्नो उपलब्धिमा (सूचीसहित)


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामा गरेको कामको सूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार र प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले शनिबार देउवा नेतृत्वको सरकारले गरेको १५ कामको सूची सार्वजनिक गरेको हो ।

पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गरेका देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि १७ मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् । देश आर्थिक ‘सट डाउन’ मा पुगेको छ । बजेटसम्बन्धी तीन अध्यादेश प्रतिस्थापन विधेयक संसदमा विचारधिन छ र विधेयक पारित हुने सम्भावना न्यून देखिएको छ ।

यसैबेला स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छोटो अवधिमा सम्पन्न गरेका र अघि बढाएका कामहरुको सूची सार्वजनिक गर्दै एमाले नेतृत्वको सरकारले गरेका कामलाई नै उपलब्धीका रुपमा राखेका छन् ।

विष्णु पौडेलले अर्थमन्त्रीका रुपमा पेश गरेको बजेटमा राष्ट्रसेवक सेना प्रहरी, कर्मचारीलगायतको तलब २ हजार वृद्धि गरेका थिए । देउवा सरकारले उपलब्धीका रुपमा सार्वजनिक गरेको सूचीमा पनि कर्मचारीको तलब वृद्धि गरिएको उल्लेख छ ।

त्यस्तै सरकारले विद्युत् प्राधिकरणमा कुृलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै र महिला लक्षित ‘महिला पहिला’ कार्यक्रम, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफललाई पनि दुई महिनाको उपलब्धी भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement