सरकारले भ्रटाचारका विषयमा कसैको अनुहार हेर्न जरुरी छैन् : देवेन्द्र पौडेल


काठमाण्डु – माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करीसहित भ्रष्टाचारका दोषीलाई कारबाही गर्दा सांसदहरु खुसी हुनुपर्ने बताएका छन् । तर, अनुसन्धान प्रक्रियालाई नै असर गर्नेगरी विरोध जनाएको उनको भनाइ छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले भ्रटाचारका विषयमा कसैको अनुहार नहेरी कारबाही गर्न माग गरे।‘कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । बाँकी रहेका उठेका कतिपय प्रश्नहरुको बारेमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेर्ने होइन्।उसको काम, तरिका,शैली,गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अघि बढ्न अनुरोध गर्दछु,’ उनले भने ।

भ्रष्टाचार र तस्करीमा संलग्न भएकालाई कारबाही गर्न खोजेको सरकारको कामलाई समर्थन गर्नुपर्ने भन्दै उनले भने,‘ठूला साना मान्छे होइन, दोषीलाई कारबाही गर्दा माननीयहरु खुसी हुनुपर्ने हो नि । सरकारको यो प्रयत्नलाई सलाम भन्न चाहन्छु ।’ सम्पत्ति शुद्धीकरणलगायतका विषयमा पनि छानबिन हुनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement