कर्णालीले छिमेकीविरुद्ध उतार्‍यो अफ्रिकी स्टार ‘किलर मिलर’

कर्णालीले छिमेकीविरुद्ध उतार्‍यो अफ्रिकी स्टार ‘किलर मिलर’

कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिले पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित मैदानमा भइरहेको खेलमा कर्णाली याक्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

यस खेल दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान डेभिड मिलरका लागि पनि विशेष रहनेछ। उनले यही खेलमार्फत् एनपीएलमा डेब्यु गर्दैछन्।

मिलरले कर्णाली याक्सबाट खेल्दैछन् । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति मजबुत बनाउने लक्ष्यमा मैदान उत्रिनेछन्।

मिलरबारे

सन् १९८९ जुन १० मा दक्षिण अफ्रिकाको पिटरम्यारिट्जबर्गमा जन्मिएका मिलर बायाँहाते ब्याट्सम्यान हुन्। मध्यक्रममा ब्याटिङ गर्ने उनी विशेषगरी टी–२० क्रिकेटमा आक्रामक खेलका लागि परिचित छन्। उनलाई क्रिकेट जगतमा ‘किलर मिलर’ उपनामले समेत चिनिन्छ।

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले दक्षिण अफ्रिकाका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिएका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि उनको प्रभावशाली उपस्थिति रहँदै आएको छ। किंग्स इलेभेन पञ्जाब, राजस्थान रोयल्स र गुजरात टाइटन्सबाट खेलेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।

सन् २०२४ को टी–२० विश्वकपमा दक्षिण अफ्रिका फाइनल पुग्दा पनि उनी टोलीका सदस्य थिए।

खेलको अन्तिम ओभरमा तीव्र गतिमा रन बनाउन सक्ने र दबाबपूर्ण अवस्थामा आक्रामक ब्याटिङ गर्ने क्षमताका कारण मिलर टी–२० क्रिकेटमा प्रभावशाली खेलाडी मानिन्छन्।

मिलरको खेल हेर्न नेपाली क्रिकेट समर्थक पनि उत्साहित छन्।