डिभिजन टू : खराव व्याटिङका कारण नेपाल १३८ रनमै सिमित


काठमाडौं – नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुंदै १३८ रन बनाएको थियो ।विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङको समस्या कायमै रह्यो । नेपालको स्कोर १० रन हुंदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे । दिलिप नाथ १९ रनमा आउट भए । नेपालले थप १५ रन जोड्दा अर्केा विकेट गुमायो । आरिफ शेख मात्र ६ रनमा पभेलियन फर्किए । नेपालको स्कोरमा थप ३ रन थपिंदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट हुन पुगे ।

आरिफ शेख पनि ६ रन बनाएर आउट भए । नेपालको स्कोर ५६ रन हुंदा कप्तान पारस खड्का पनि १७ रनमा आउट हुंदा नेपालको ब्याटिङ धरापमा परेको थियो । पारसलाई कलिमुल्लाहले बोल्ड गरेका थिए । पाचौं विकेटका लागि दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले सुुस्त रहेको नेपाली पारीलाई केही गति दिए ।

त्यसपछि ३१ औं ओभरमा दिपेन्द्रसिंह ऐरी २० रनमा, ३२ औं ओभरमा बसन्त रेग्मी १ रनमा आउट भएपछि नेपालले ६ विकेट गुमाउंदै ९३ रन बनाएको थियो । त्यसपछि शरद भेषावकरले नेपालको स्कोर १११ रनसम्म धकेलेका थिए । तर उनी पनि २२ रनमा विलाल खानको बलमा क्याच आउट भए ।
रोहीत पौडेलले १४ रन, करण केसीले ४ रन बनाउंदा सन्दिप लामिछाने डकआउट भए । सोमपाल कामी १७ रनमा अविजित रहे ।

बलिङतर्फ ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट लिंदा विलाल खानले २ विकेट हात पारे । ओमानले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपालले हिजोको खेलमा नामिबियालाई हराएको थियो । नेपाल, ओमान, नामिबिया,युएई, क्यानडा र केन्या गरी ६ देश सहभागी डिभिजन टु को शीर्ष स्थानमा रहने २ टोलीले विश्वकपको छनौट खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement