राष्ट्रियसभामा कानुनमन्त्री गुरुङले मागे माफी


काठमाण्डु- कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रियसभामा माफी मागेका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै कानुनमन्त्री गुरुङले मिटरब्याज सम्बन्धी विधेयक प्रक्रियामा त्रुटि भएको बताउदैँ माफी मागेका हुन् ।

‘पक्रियामा कमजोरी भयो । यहाँबाट उत्पति भएको विधेयक सामान्य रूपमा पठाउनुपर्ने बाध्यता परिआएकोमा माफी चाहन्छु । यहाँबाट एउटा पठाउनुभयो । उताबाट अर्को पठाउनुपर्‍यो । सरकारको तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भने ।

मन्त्री गुरुङले माफी मागेपछि अनुचित लेनदेन सम्बन्धी प्रतिनिधिसभाबाट पास भएर आएको विधेयक राष्ट्रियसभामा टेबल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement