‘कारोबार सहज गर’ भन्दै धर्नामा बसे मिटरब्याजी


काठमाण्डु- मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् ।

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् । मिटरब्याजी पीडितले  काठमाण्डु आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाण्डु आएर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement