काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार भारतीय स्थल सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतलगायतको उपस्थिति थियो।
तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपराह्न काठमाण्डस आइपुगेका थिए। उनको भ्रमणका क्रममा नेपाल–भारत सैन्य सम्बन्ध तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।





प्रतिक्रिया