प्रदेश इन्चार्जमा डिआइजी खटिएः खड्का सीआइबी प्रमुख बन्दा नेउपानेले सम्हाले मेट्रोकाे कमान्ड


काठमाडौं– गृह मन्त्रालयले डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ।

गृहले महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा डिअाइजी मनोज नेउपानेलाई पठाएको छ, भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा नारायणसिंह खड्कालाई ल्याएको छ।

नेउपाने यसअघि नेपाल प्रहरीको प्रवक्ता थिए। यसअघि सिअाइबी प्रमुख रहेका डिआइजी पुष्कर कार्कीको प्रहरी एकेडेमीमा सरुवा भएको छ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमल जिटी, मानवस्रोतमा ज्ञानविक्रम शाह, कार्य विभागमा छविलाल जोशीको सरुवा भएको छ। विशेष ब्युरोमा पिताम्बर अधिकारी आएका छन्, भने धीरु बस्न्यातको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।

प्रदेशमा डिअाइजी इन्चार्ज

यसैगरी, गृहले सातवटै प्रदेशमा डिआइजीलाई प्रदेश इन्चार्जमा खटाएको छ।

प्रदेश १ मा केदार रिजाल, २ मा दिनेश अमात्य, ३ मा दीपककुमार थापा, ४ मा दानसिंह बोहरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह र ७ मा शरद चन्द खटिएका हुन्।

१६ जनाले लगाए डिअाइजीकाे फूली

शुक्रबार बढुवा गरेर फुली लगाएका १६ जना डिआईजीको पनि पदस्थापन भएको छ। शुक्रबार केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिह बोहोरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी डिआईजीमा बढुवा भएका छन्।

यसैगरी, प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। पदोन्नति भएका एकजना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement