सरकारले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन सकेनः डा. संग्रौला


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डीला संग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउने सहमति कार्यान्वयन गर्न नसकेको आरोप लगाएकी छिन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै संग्रौलाले मेडिकल कलेजले बढी शुल्क लिएर विद्यार्थी र अविभावकमाथि आर्थिक भार थोपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘अविभावक, कलेजका संचालक र विद्यार्थीबीच बढी शुल्क फिर्ता गराउने सहमति भएको थियो,’ उनले भनिन्, ‘त्यो सहमति कार्यान्वयन भएको देखिएको छैन । सरकारलाई त्यसप्रति तुरुन्त ध्यानाकर्षण गराउन चाहन्छु ।’

संग्रौलाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको प्रश्न उठेको भन्दै छानबिनको माग गरेकी छिन् ।

‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा कुरा उठेका छन्, सत्यतथ्य छानबिन हुनुपर्यो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement