हेटौँडा उपमहानगरलाई समृद्ध बनाउने भन्दै कांग्रेस नेतृ डिनाको संकल्प सार्वजनिक


हेटौडा – नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफ्नो सङ्कल्प सार्वजनिक गरेकी छिन् । मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपाध्यायले शनिवार आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् ।

उपाध्यायले औद्योगिकीकरण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेकी छन् । उनले युवाको रोजगारलाई पहिलो प्राथमिकता दिँदै हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छिन् ।

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छिन् । त्यसका साथै उनले शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी हुन् ।

उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री हुन् । नेपाली कांग्रेसमा उनलाई समानुपातिकमा बस्न नेताहरुले आग्रह गरेपनि उपाध्यायले् प्रत्यक्षतर्फको चुनाव नै उठ्ने अडान राखेकी थिईन ।

उनले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट युवालाई रोजगारी दिने आधारहरू प्रस्तुत गरेकी छिन् ।

उपाध्यायले सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेटमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा प्रतिबद्धता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement