ब्रेकिंग न्युज राजनीति समाचार

नेकपाकै नेता भन्छन्- प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक पारित हुन दिँदैनौं

काठमाडौं— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पारेका छन् ।

dish home

शनिबार काठमाडाैंमा भएकाे साक्षात्कारमा बोल्दै उनले भने,‘यो विद्येयक राष्ट्रिय सभाको सम्पत्ति भएको छैन् । अहिले नै यसबारेमा यस्तो किसिमको चर्चा तथा परिचर्चा गर्न आवश्यक छैन् ।’ विद्येयकमा कुनैपनि वाक्यमा प्रेसलाई कुण्ठित गर्ने, वञ्चित गर्ने र संकुचन गर्ने खालेको आयो भने हामी त्यसलाई पारित नै गर्दैनौं ।’

संविधानको मुल्य र मान्यताअनुसारनै विद्येयक आउनुपर्ने उनको जोड थियो । तर, विद्येयक आउनु बेठिक नभएको उनले स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल र पत्रकारहरुले विद्येयकका बारेमा कुरा उठाउनु बेठिक नभएको पनि उनले तर्क गरे । उनले भने,‘संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको छ । त्यही भएर यसलाई ठूलो ईस्यु बनाउनुहुँदैन् ।’

शर्माले मिडियापनि मर्यादित बन्नुपर्ने सुझाए । उनले भने,‘नेपाली समाजलाई समुुन्नत समाज निर्माण गर्न मिडियाको ठूलो भूमिका हुन्छ । सबै मिलेर अघि बढ्नुपर्छ।’ संविधान विपरितका कुनैपनि ऐन तथा कानूनहरु पारित नहुने उनले ठोकुवा गरे ।

शिक्षा क्षेत्रमा ठूलो विकृति, अराजकता र भद्रगोलको अवस्था रहेकोले यसलाई सुधार गर्नु आजको आवश्यकत्ता रहेको पनि शर्माको भनाई छ । उनले भने,‘विश्वविद्यालय ऐन आएको होईन, यो संशोधन गरिएको हो । शिक्षा ऐन आएको छैन् । शिक्षा क्षेत्रलाई अब व्यवस्थित गर्नुपर्छ ।’

वर्तमान सरकार निरंकुशतातर्फ अग्रसर नहुने पनि उनले जिकिर गरे । उनले भने,‘यदि मुलुकमा साँच्चिकै विकासको बहसमा जान जरुरी छ भने शिक्षा र यातायातमा भएको अराजकतालाई व्यवस्थित गर्नुपर्छ ।’ अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य र मान्यताबाट कोहीपनि विचलित हुन नहुने उनको धारणा छ ।

मुलुकमा अहिले भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए । भ्रष्टाचारीहरुलाई कारबाहीमा ल्याउनुपर्ने उनले माग गरे । उनले भने,‘भू्रष्टाचारबारे अनुशन्धान हुनुपर्छ । सत्य तथ्य बाहिर लयाउनुपर्छ । सरकारले अब हिम्मत गर्नुपर्छ । यो सरकार अहिले लागिपरिरहेको छ।’ सरकारले भ्रष्टाचारबारे शुन्य सहनशिलता अपनाएको पनि उनले स्पष्ट पारे ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top