दीपक मनाङेलाई जेल पुर्याउने गुरुङ पक्राउ


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) झापड हानेका मिलन गुरुङलाई पनि शुक्रबार कास्की प्रहरीले पक्राउ गरेको हो ।

गुरुङलाई बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए । अध्यक्ष गुरुङविरुद्ध बिहीबार ठगी र बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो । जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको पनि शुक्रबार मात्र पक्राउ गरेको हो ।

गुरुङलाई गत मंगलबार मनाङेले झापड हानेका थिए । झापड हानेपछि एन्फा अध्यक्ष गुरुङ सांसद मनाङेविरुद्ध प्रहरीकहाँ उजुरी दिएका थिए । उनकै उजुरीको आधारमा सांसद मनाङेलाई बिहीबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । मनाङे कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement