काठमाण्डु– बैंकिङ कसुरमा व्यवसायी दीपक भट्टसहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। विशेष अदालतले बिहीबार भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाएर उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो ।
उनीहरुविरुद्ध बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुरमा पनि मुद्दा दायर गर्ने तयारी भएको छ।
उनीहरुविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरिएको छ।
दीपक र सुलभलाई हिरासतमै छन् । अरु दुई जना फरार रहेकाले अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।
उनीहरूले जगदम्बा स्टिल्सका सञ्चालक अध्यक्ष शाहिल अग्रवाल, कम्पनीका खाताका हस्ताक्षरकर्ता सञ्चालक सुलभ र दीपकले आपसी मिलेमतोमा जगदम्बा स्टील्सको कम्पनी सञ्चालनका नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको अगुवाइमा सहवित्तीयकरण बैंकहरू प्राप्त गरेको र चालु पूँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी दीपक भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ समेतको नाममा शेयर लगानी गरी कर्जा दुरुपयोग गरेको बताइएको छ ।
याे पनि :-




प्रतिक्रिया