अखिल क्रान्तिकारीको संगठन विभाग प्रमुखमा पुन, कसले कुन विभागको जिम्मेवारी पाए ?


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको संगठन विभाग प्रमुखकाे जिम्मेवारी दिपेश पुनलाई दिइएकाे छ ।

गत असार ५ गते बसेको संगठनको तेस्रो बैठकले पुनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । त्यसैगरी बैठकले विभिन्न २७ वटा विभागको जिम्मेवारी बाडफाँड गरेको छ । क्रान्तिकारीले संगठन विभागको उपप्रमुखमा मदन लिम्बु, माधव थपलिया, सचिव रोशन थापा मगरलाई जिम्मेवारी दिएको छ।

शैक्षिक विभागमा मदन भट्टराईलाई प्रमुख र सुन्दर शर्मा, गोविन्द बानियाँ र सचिवमा प्रज्ज्वल खत्रीलाई जिम्मेवारी दिइएको छ । आर्थिक विभागको प्रमुखको जिम्मा कार्याललाई दिइएको छ ।

कसले कुन विभागको जिम्मेवारी पाए ?

प्रतिक्रिया दिनुहोस
Advertisement