७७ जिल्लाका सिडियाेलार्इ गृहमन्त्रीकाे निर्देशन ‘देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्नु’


काठमाडाैँ-  गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । अाबश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले निर्देशन दिएका हुन् ।

अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।

यातायात व्यवस्था विभागले ‘सिन्डिकेट’ माग गर्दै अाजदेखि (शुक्रबार)  गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गर्ने चेतवानी दिए लगतै गृहमन्त्रीकाे यस्ताे निर्देशन अाएकाे हाे ।

विभागले पर्मिट खारेज गरेपछि त्यस्ता गाडी जफत गरी चलाउने तयारी सरकारले गरेको छ। सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात बन्द गरेका छन्। सवारी नचल्दा यात्रुहरू मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement