नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दा रावलको नियुक्तिबारे सार्वजनिक गरिएको थिएन ।

रावल हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको प्रमुख हुन् । सरकारले यसअघि नै रिक्त अर्को डेपुटी गर्भनरमा किरण पण्डितलाई नियुक्त गरिसकेको छ ।