डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने


काठमाण्डु – नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो ।

डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली  र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिने डिशहाेमले जनाएकाे छ ।

डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ ।

डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिने डिशहाेमले जनाएकाे छ ।

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सीम टिभी (च्यानल नम्बर १०५/९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल
नम्बर ७१६) बाट पनि हेर्न सकिने छ ।

साथै डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ । युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा शुरू भएको हो ।
युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । युरो कपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement