बाराका हावाहुरी प्रभावित क्षेत्रमा डिशहोमले दियो निशुल्क सेवा


काठमाण्डाै‌ – डिशहोम मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा उपलब्ध गराएको छ ।

कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो । कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं. २ स्थित बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निशुल्क सेवा दिएको हो ।

हावाहुरी प्रभावित क्षेत्रका पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उदेश्यले निशुल्क सेवा दिएको कम्पनीले बताएको छ । हुरी प्रभावित क्षेत्रमा कम्पनीले निशुल्क एन्टेना परिवर्तन, निशुल्क तार वितरण तथा जडान गरिदिएको हो ।

डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो । डिशहोमको सेवा संचालनमा आएपछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्तारै विस्थापित हुँदै गइरहेको छ । भारतिय पे र फ्रि डिशहरुमा नेपाली च्यानल नआउने गुणस्तर कमसल हुने र मर्मत सेवा भंmझटिलो हुने गरेकाले डिशहोम डिटिएच नै ग्राहाकहरुमा लोकप्रिय भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement