पूर्वप्रहरी तथा अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण


बर्दिया – जिल्ला प्रहरी कार्यालय बर्दियाले पूर्वप्रहरी तथा अशक्त प्रहरीका परिवारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

नेपाल प्रहरीको वार्षिक कार्ययोजना २०७७, कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत मधुवन नगरपालिका क्षेत्रमा बसोबास गर्दै आइरहेका अवकाश प्राप्त पूर्वप्रहरी कर्मचारी तथा अशक्त प्रहरीका परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय ढोढरी, इलाका प्रहरी कार्यालय सानोश्री र प्रहरी चौकी तारातालमा बोलाई कार्यालय प्रमुख उपरीक्षक इश्वर कार्कीले कोरोना भाइरस महामारीबाट बच्न स्वास्थ्य सुरक्षा सामग्री सर्जीकल मास्क, साबुनहरु वितराण गरे ।

जेठ १३ गतेदेखि सुरु गरिएको यस कार्यक्रमको उदेश्य बर्दिया जिल्लाका सम्पूर्ण स्थानहरुमा बसोबास गर्ने अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारी र अमर तथा अशक्त परिवारलाई समेट्ने रहेको प्रहरी नायव उपरीक्ष हेमबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement