नेपाली सेनाको पृतनापति सम्मेलन सम्पन्न, बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न प्रधानसेनापतिको निर्देशन


काठमाडौं– सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र क्षत्रीले पेशागत दक्षतालाई थप अभिवृद्धि गर्न तालिम तथा बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका थिए ।

समन्वयात्मक बैठकको क्रममा सम्बन्धित विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिहरुले आ–आफ्ना बिषयबस्तुहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

समन्वयात्मक बैठकमा रक्षा सचिव विनोद के.सी., बलाध्यक्ष रथी, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति रहेको थियो ।

समन्वयात्मक बैठकको शुभारम्भमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement