काठमाण्डु– सरकारले आजबाट दोस्रो चरणमा काठमाण्डुका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउँदैछ ।
यो सँगै बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस्तै वंशीघाट क्षेत्रका घरहरुमा पनि डोजर चलेको छ । आधा दर्जन डोजरले बस्ती खाली गर्न सुरु गरेका छन् ।
आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गरिने छ ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ ।










प्रतिक्रिया