वनस्थली-ढुंगेधारामा पनि चल्यो महानगरको डोजर


काठमाण्डु – अवैध संरचना हटाउने अभियानलाई काठमाण्डु महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै, सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काएको काठमाण्डु महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पछिल्ला केही दिनयता काठमाण्डु महानगरपालिकाले महानगरभित्र अवैध र अनाधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement