वीर अस्पताल अगाडिका फार्मेसीमा चल्याे महानगरकाे डाेजर


काठमाण्डु- काठमाण्डु महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन थालिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement