अमेरिकी सहायक बिदेश मन्त्री लु काठमाडौं आइपुगे


काठमाण्डु – अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाण्डु आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

लुले आफनो भ्रमणको क्रममा अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन् । भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमण सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement