विश्वकप फुटबलको फाइनलमा ट्रम्प उपस्थित हुने

विश्वकप फुटबलको फाइनलमा ट्रम्प उपस्थित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा विश्वकप २०२६ को फाइनल खेलमा उपस्थित हुने भएका छन् ।

स्पेन र अर्जेन्टिनाबीचको उपाधि खेल अघि ट्रम्प न्यूयोर्कको ट्रम्प टावरमा फिफा स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

राष्ट्रपतिको तालिकाको विवरण दिँदै ह्वाइट हाउसले ट्रम्प न्यूयोर्कमा फिफा स्वागत समारोहमा भाग लिने र आइतबार न्यूयोर्क-न्यू जर्सी रंगशालामा विश्वकप फाइनल हेर्ने जनाएको छ ।

ह्वाइट हाउसले यो प्रतियोगिता अमेरिकी इतिहासमा सबैभन्दा धेरै हेरिएको, सुरक्षित र सबैभन्दा सफल विश्वकप भएको बताउँदै यो कार्यक्रम विश्वको सबैभन्दा ठूलो खेलकुद मञ्च आयोजना गर्ने अमेरिकाको क्षमताको प्रमाण भएको पनि उल्लेख गरेको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि ट्रम्पसँगै फाइनल हेर्ने पुष्टि गरेका छन्। दुवैले संयुक्त रूपमा विजेता टोलीलाई ट्रफी प्रदान गर्नेछन्। उनले हालै एक अन्तर्वार्तामा ट्रम्प विश्वकप फाइनल पछि पुरस्कार समारोहमा उनीसँगै उपस्थित हुने भनेका थिए
२०२६ को विश्वकपको फाइनल जुलाई १९ मा न्यूयोर्क–न्यू जर्सी रंगशालामा खेलिनेछ।