विश्वले पहिले नदेखेको आर्थिक विकास गर्दैछ अमेरिकाः ट्रम्प


डाभोस – स्वीट्जरल्यान्डको डाभोस विश्व आर्थिक मञ्चको ५० औं सम्मेलन मंगलबारबाट सुरु भएको छ । यस अवधिमा ट्रम्पले भनेका छन्, ‘अमेरिका यस्तो आर्थिक वृद्धिको मध्यमा छ, जुन विश्वले पहिले कहिलेपनि देखेको छैन । अमेरिकीहरुको सपना पुरा हुँदैछ । आज अमेरिकाको मध्यम वर्गीय परिवार राम्रो स्थितिमा छन् ।’

उनले यो भन्दा पहिले डाभोस सम्मेलनलाई २ वर्ष अगाडि सम्बोधन गरेका थिए ।

ट्रम्पका अनुसार उनको सरकार आएपछि १.१ करोड मानिसले रोजगारी पाएका छन् । देशमा औसत बेरोजगारी दर पहिले भन्दा अत्यन्त कम भएका छ । यस्तो अन्य कुनैपनि अमेरिकी राष्ट्रपतिको कार्यकालमा भएको थिएन ।

चीनसँगको व्यापार सम्झौताको विषयलाई लिएर उनले भने, ‘अमेरिका–चीनबीचको दोस्रो व्यापार सम्झौताको सुरुवात पनि चाडैनै हुनेछ । चीनसँग हाम्रो सम्बन्ध कहिले पनि राम्रो रहेको थिएन ।’

सम्मेलनमा स्वीडेनका जलवायु कार्यकर्ता ग्रेटा थनबर्ग पनि सहभागी भएकी छन् । थनबर्गले जलवायु परिवर्तनको विषयलाई लिएर सन्देश दिन सक्नेछिन् । गत वर्ष यूएनमा ट्रम्पलाई देखेर थनबर्गको अनुहारनै बिच्काउने खालको तस्बिर भाइरल भएइको थियो । एक पटक फेरी दुवैजना आमेन–सामने भएका छन् ।

डाभोसमा २१ देखि २४ जनवरसम्म हुने सम्मेलनमा विश्वभरीका राजनेता, उद्योगपति तथा चर्चित अनुहारहरु पुगेका छन् । सम्मेलनमा पर्यावरण तथा आर्थिक संकटको विषयमा चर्चा हुनेछ । ट्रम्प जलवायु परिवर्तनको मुद्धामा सधै संशयवादी रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement