राष्ट्रपति भण्डारीलाई ट्रम्पले पठाए शुभकामना सन्देश


काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान दिवसको अवसरमा नेपाललाई शुभकामना दिएका छन् । असोज ३ गते मनाइएको संविधान दिवसका अवसरमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका हुन् ।

ट्रम्पले एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीलाई संविधान दिवसको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेपाली जनता र राष्ट्रपति भण्डारीलाई संविधान दिवसको शुभकामना दिएका हुन् ।

नेपालले २०७२ असोज ३ गतेदेखि संविधान दिवस मनाउँदै आएको छ । आइतबार नै चिनियाँ राष्ट्रपति सी सी चिनफिङले पनि शुभकानमा सन्देश पठाएका थिए ।

राष्ट्रपति सीले आफ्नो नेपाल भ्रमणपछि नेपाल र चीनबीचको सम्बन्ध अझै प्रगाढ बनेको बताएका छन् ।

राष्ट्रपति सीले आफू र राष्ट्रपति भण्डारीबीच आपसी भ्रमण गरेबाट दौत्य सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement