अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प र वाइडेनबीच कडा प्रतिष्पर्धा, कसले मार्ला बाजी ?


अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ । राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो वाइडेनबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।

हालसम्मको मतपरिणाम हेदा वाइडेन अग्र स्थानमा छन् भने ट्रम्पले वाइडेनलाई पछ्याइरहेका छन् । हालसम्मको मतपरिणामअनुसार वाइडेनले २२३ इलेक्ट्रोरल मत पाएका छन् भने ट्रम्पले १७४ इलेक्ट्रोरल मत पाएका छन् । अमेरिकामा राष्ट्रपतिमा हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

हालसम्मको नतिजा हेदा वाइडेन नै अग्र स्थानमा रहेका छन् । राष्ट्रपति निर्वाचनका लागि भएको उक्त प्रतिष्पर्धामा कसले बाजी मार्ने भन्ने पूर्वअनुमान लगाउन कठिन रहेको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement