डोटेली चलचित्र ‘परू’ को शुभमुहूर्त

डोटेली चलचित्र ‘परू’ को शुभमुहूर्त


कैलाली-डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परू’ को छायाङ्कन सुरु भएको छ ।

शुभ मुहूर्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टिएन जोशीले आफ्नो भाषा, कला, साहित्यलार्ई जगेर्ना गर्न यहाँका कलाकार तथा कलाप्रेमीहरू जुर्मुराएको बताए ।

उनले भने, ‘पछिल्लो समयमा सुदूरपश्चिममा डोटेली चलचित्रहरू निर्माण भइरहेका छन्, जुन खुसीको कुरा हो ।’ सुदूरपश्चिममा चलचित्र छायांकनका लागि राम्रा तथा मनमोहक ठाउँ रहे पनि छायाङ्कनका लागि कमै मात्र निर्माताको ध्यान जाने गरेकोमा यहींका लगानीकर्ताले सुदूरको भूगोल सुहाउँदो चलचित्र यहींका पर्यटकीय क्षेत्र छनोट गरेर छायाङ्कन गर्दा भाषा, कला, साहित्यसँगै यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेमा जोशीले खुसी व्यक्त गरे ।

‘परु’ सुदूरपश्चिमका नौवटै जिल्लामा छायाङ्कन हुने निर्माता सुनारले बताए । उदयसिंह बोहराको निर्देशनमा छायाङ्कन हुन थालेको ‘परु’ फिल्म शिखर आर्टस् प्रालिको ब्यानरमा निर्माण हुने छ ।

फिल्ममा राजकुमार जोशी, गुणाकर पनेरु, गुड्डु ओली, कोपिला सिंह ठकुरी, पुष्पा बडैला, दीर्घ शाहीलगायतका कलाकारले अभियन गर्ने छन् ।