नक्‍कली नोटसहित चार पक्राउ


काठमाडौं – प्रहरीले नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ४ लाख १३ हजार नेपाली नोटसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार यो गिरोहले विगत केही महिनादेखि उपत्यकामा नक्‍कली नोट देखाइ ठगी गर्दै आएका थिए। पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्रबहादर लिम्बू छन्।

पक्राउमध्ये रानामगर नक्‍कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति हुन्। प्रहरीले उनीबाट ९० हजार नक्‍कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपर लगायतका समान बरामद गरेको छ।

बुढाथोकी भने बजारमा नक्‍कली नोट पुर्‍याउने मुख्य व्यक्ति रहेको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। उनका अनुसार बुढाथोकीबाट नक्‍कली दुई लाख ९८ हजार रुपैयाँसमेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement