दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो


काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सकारमा चार जना उपप्रधानमन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको सपथ लिएसंगै दाहाल नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री बनेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र,रास्वपा र जसपा गठबन्धनको सरकारमा यसअघि उपप्रधानमन्त्री तथा भौतिकमा रघुविर महासेठ, उपसहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र उपसहित गृहमा रवि लामिछानेले सपथ लिइसकेका छन् ।

उपप्रधानमन्त्रीको वरियतामा पहिलो नम्बरमा महासेठ, दोस्रोमा श्रेष्ठ,तेस्रोमा लामिछाने र चौथोमा यादव छन् । आइतबार यादवसहित नवलकिशोर साहले वनमन्त्रीको रुपमा सपथ लिएका छन् ।

यादवले उपप्रधानमन्त्रीको वरियतामा आफु एक नम्बरमा हुनुपर्ने अडान राखेपनि उनको प्रस्ताव प्रधानमन्त्री दाहालले नमानेको बताइन्छ ।

माओवादी केन्द्रभित्र पनि वरियतालाई ख्याल नराखेर मन्त्री बन्न गएको भन्दै श्रेष्ठ र एक वर्षभन्दा बढी मन्त्री हुंदा समेत काम गर्न नसकेर फेरी मन्त्री भएको भन्दै उर्जामन्त्री शक्ति वस्नेतको पार्टीभित्र विरोध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement