काठमाण्डु– एमाले पूर्वासांसद् एवं जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् ।
पौडेललाई चेक बाउन्ससम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।
थापाका अनुसार पौडेलविरुद्ध डेढ लाख रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पौडेललाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा आबद्ध रहेका पौडेल नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने विषयमा असहमति जनाउँदै राजनीतिबाट टाढिएका थिए ।




प्रतिक्रिया