डा. केसीले दिए सरकारलाई १५ दिने अल्टिमेटम,पुस १७ गतेदेखि १६ औं सत्याग्रह बस्ने घोषणा


काठमाडौं – प्रा डा. गोविन्द केसीले पुस १७ गतेदेखि सोह्रौं अनसन सुरू गर्ने घोषणा गरेका छन्।  सोमबार एक विज्ञप्ति जारी गर्दै चिकित्सक केसीले पन्ध्रौं सत्याग्रहता भएको सम्झौताअनुसार सबै माग पूरा नभए सत्याग्रह थाल्ने घोषणा गरेका हुन्।

चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले सरकारलाई पुस २ को अल्टिमेटम दिएका थिए । नभए ३ गतेबाट आमरण अनसन बस्ने बताएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक अगाडि बढाउन केही समय लाग्ने जानकारी गराएको भन्दै डा. केसीले अनसन दुई सातापछि पारेका छन् । ‘मागहरु पुरा नभए पुस १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउँछौं’ उनले भनेका छन् । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसहित बाँकी मागहरूसमेत पूरा गर्न स्मरण गराउँदै घोषित सत्याग्रहलाई दुई साताले पछि सारेका छौं।

यसबीच विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरू भन्दा प्रतिकूल हुने गरी चलखेल भए कुनै पनि बेला सत्याग्रह सुरू हुन्छ,जनाएका छन्। बारम्बार ध्यानाकर्षण गराउँदा पनि मागहरू पूरा गर्न सरकार जिम्मेवार नभएको केसीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement