अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजीनामा


काठमाण्डु – अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । शुक्रबार मन्त्री खतविडाले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवार पुगेर राजीनामा बुझाएका हुन् ।

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै सरकारको प्रवक्तासमेत रहेका खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । अर्थमन्त्री खतिवडाको स्थानमा राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस भएपछि खतिवडाको मन्त्री पद स्वतः समाप्त भएको थियो ।

डा. खतिवडाले सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको आरोपमा तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेको थियो ।

खतिवडाको राष्ट्रियसभाको कार्यकाल गत फागुन २० गते नै सकिएको थियो । कार्यकाल सकिएको ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement