चीनमा ड्र्यागन बोट फेस्टिभलमा १० करोड ६० लाखले भ्रमण गरे


बेइजिङ – चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि शनिबारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (लगभग ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेको पाइएको छ ।-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement