क्रिमियामा रहेको रुसी गोलाबारुद डिपोमा ड्रोन आक्रमण


मस्को –  युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन् ।

“क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,” सर्गेई अक्स्योनोभले टेलिग्राममा भनेका छन् । आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो ।

उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएनन्। उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए ।

सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् । कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement