अवैध लागूऔषध सहित तीजना पक्राउ


काठमाण्डु-  सिराहा, कल्याणपुर नगरपालिका-५ निर्धना कमला बाँध स्थितबाट करिब २ केजी गाँजासहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा शहिद नगरपालिका-७ बस्ने १९ वर्षीय कृष्ण यादब, सिराहा मिर्चैया नगरपालिका-८ बस्ने ३६ वर्षीय बिरेन्द्र प्रसाद यादब र धनुषा सहीद नगरपालिका-७ बस्ने २४ वर्षीय संतोष यादब रहेका छन् ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले लु.४५प. ३१३६ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा कृष्ण यादबले लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारेपछि उनीसंगै आएका स.५ प. २६२१ नम्बरको मोटरसाइकलमा सवार अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय बिजय शेर्पालाई करिब ३ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाको घरकोठामा बिक्री बितरणको लागि लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान सुनसरी र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धानको संयुक्त टोलीले कोठा तलासी गर्दा प्लाष्टिकमा पोका पारी राखेको उक्त परिमाणको लागूऔषध फेला पारी शेर्पालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement