पाँच जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ? (नामसहित)


काठमाडौं – नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच जना डीएसपीहरुको काज सरुवा गरेकाे हाे ।

काज सरुवा हुनेहरुमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्की बौद्धमा सरुवा भएका छन् । युएन मिसनबाट फर्किएका डीएसपी भरत श्रेष्ठलाई कार्कीको स्थानमा रौतहट पठाइएको छ ।

त्यस्तै मदन कुँवरलाई सर्लाही पठाइएको छ । सर्लाहीमा कार्यरत डीएसपी प्रतितसिंह राठौर र बौद्ध वृतमा कार्यरत डीएसपी रमेशबहादुर सिंह  हेडक्वार्टरमा सरुवा भएका छन् ।

बौद्धमा सरुवा भएका डीएसपी कार्की पुर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गर्न फिल्डमा खटिएका अधिकृत हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement