नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन : डिएसपी चन्द


दिलमाया शाही
जुम्ला – हालै सरुवा भएर जुम्ला आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् ।

सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा डिएसपी चन्दले ‘नागरिक पनि बिना बर्दीका प्रहरी’भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् । जिल्लाका २८ वटै प्रहरी युनिटको निरीक्षण गरेका उनले रणनीतिक कार्ययोजनाका साथ अघि बढिरहेकोे बताए ।

डिएसपी चन्दले सामाजिक हिंसाविरुद्धमा सचेताना कार्यक्रम नै थालेका छन् । ‘सभ्य समाज निमार्णका लागि सबै एक जुट हुनुपर्छ । विद्यालयमा साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम पनि भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement