चार जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ?


काठमाण्डु – नेपाल प्रहरीका ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार अर्को आदेश नभएसम्मका लागि चार जना डीएसपीहरुको काज सरुवा गरेको हो ।

काज सरुवा हुनेहरुमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतार तनहुँका ठगबहादुर केसी बुटवलमा सरुवा भएका छन् । बुटवलका डीएसपी मदन कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

डीएसपी कुँवरलाई प्रधान कार्यालयले ४ महिनामा तानेको हो । डीएसपी विश्वराज खड्कालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ल्याइएको छ । दरबारमार्गका रामेश्वर पौडेलको प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement