डीएसपी प्रमेश बिष्टले पाए लैनचौर-सोह्रखुट्टे वृतको जिम्मेवारी


काठमाण्डु – महानगरीय प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे) को प्रमुखको जिम्मेवारी डीएसपी प्रमेश बिष्टले पाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डुमा कार्यरत डीएसपी बिष्टले प्रहरी प्रधान कार्यालयको निर्देशनमा लैनचौर (सोह्रखुट्टे) बृत प्रमुखको जिम्मेवारी पाएका हुन् । सुरक्षा श्रोतका अनुसार उनले शुक्रबार नै लैनचौर (सोह्रखुट्टे) बृत प्रमुखको चार्ज बुझिसकेका छन् ।

यसअगाडी लैनचौर बृतको प्रमुख रहेका डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाहीको लागि भन्दै प्रहरी परिसर तानेपछि डीएसपी विष्टले सो स्थानमा जिम्मेवारी पाएका हुन् ।

उनी नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका काविल अफिसर हुन् । गतबर्ष डीएसपीमा बढुवा भएपछि महानगरीय प्रहरी परिसर काठमाण्डुमा पदस्थापन भएका थिए । उनले केही समय काठमाण्डु प्रहरी प्रवक्ताको जिम्मेवारी समेत निभाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement