काठमाण्डु – देशभर मनसुन सक्रिय भएसँगै काठमाण्डु उपत्यकामा डुबानको जोखिम बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले शनिबार राति र आईतबार काठमाण्डु उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदी किनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।
उनका अनुसार विशेषगरी होचा स्थान, नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् ।




प्रतिक्रिया