भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ कमेरोटारस्थित दुर्गा प्रसाईंको निजी निवासमा प्रहरीले खानतलासी गरेको छ ।
बिहीबार साँझ साढे ५ बजेतिर भक्तपुर प्रहरी परिसरबाट प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्का, काठमाण्डु अपराध अनुसन्धान महाशाखाबाट प्रहरी उपरीक्षक (एसपी) शरद थापाक्षेत्री तथा प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक निशान थापा सहितको टोली प्रसाईंको निवासमा पुगेको हो ।
प्रहरी टोलीले प्रसाईंको निजी निवासमा खानतलासीको कार्य गरेको जनाइएको छ ।




प्रतिक्रिया